भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताउनुभएको छ ।

भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा चुँदी रम्घामा पूर्वाधार निर्माण गर्नाका साथै प्राकृतिक सौन्दर्यका माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभएको होे ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले भानुको जन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, संवद्र्धन र विकासका लागि सरोकार निकायहरूसँग पनि छलफल गरिने छ भन्नुभयो ।

चुँदी रम्घालाई आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई अमेरिकास्थित इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनले सहयोग गर्ने जनाएको छ । फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गरिने बताउनुभयो ।

उक्त योजना सफल बनाउन आदिकविको जन्मघर शिखर कटेरीमा विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उहाँको भनाइ थियो। विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरूका स्मृतिलाई संरक्षण गर्ने गरिएकामा भानुभक्तको परिचय र योगदानलाई पनि जीवन्त राख्न पूर्णकदको सालिक बनाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्ष गरिएको छ । आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ गते चुँदी रम्घामा भएको थियो । थुपै्र साहित्यिक योगदान पु¥याउनुभएका भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी पठनीय बनाउनुभएको थियो । भानुभक्तलाई नेपाली भाषा र साहित्यकोे धरोहर मानिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker