दमौली सभाहलभित्रको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्रलाई हस्तान्तरण

दमौली : तनहुँको दमौलीमा निर्माण गरिएको दमौली सभाकक्षको एक हल कर्मचारी मिलन केन्द्रलाई हस्तान्त्रण गरिएको छ । व्यास नगरपालिकाले दमौली सभाहलभित्र रहेको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण गरेको हो ।
जिल्ला समन्वय समिति तनहुँले दमौली सभाहल सञ्चालनको जिम्मा व्यास नगरपालिकालाई दिएपछि मंगलबार आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सभाकक्षको औपचारिक पत्र र चाबी निजामती कर्मचारी संघ तनहुँका अध्यक्ष नारायण अधिकारीलाई प्रदान गरेका छन् ।
शिक्षा तथा सामाजिक विकास कार्यालय तनहुँका इकाई प्रमुख र नापी कार्यालय तनहुँका प्रमुखको उपस्थितिमा सो कक्ष मिलन केन्द्रलाई हस्तान्तरण गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker