एमसीसीको विरोधमा तनहुँका युवा सडकमा उत्रने

भञ्ज्याङ समाचारदाता/दमौली

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा तनहुँका युवाहरु सडकमा उत्रने भएका छन् । जताततै एमसीसी सम्झौताको बिरोध भइरहेको बेला राष्ट्रप्रेमी नेपाली युवा समूह, क्लब सञ्जाल व्यास नगरपालिकाले मोटरसाइकल र्‍याली गर्ने जनाएको छ ।

विरोध कार्यक्रम बारे बुधवार दमौलीमा पत्रकार सम्मेलन गरी असोज १ गते दमौलीमा ४ सय भन्दा बढी मोटरसाइकलको सहभागीतामा विरोध र्‍याली प्रदर्शन गर्ने व्यवसायी मित्र दुराले बताए । एमसीसी नेपाल र नेपाली जनताको हित विपरीत रहेको भन्दै दुराले यसको विरुद्धमा सबै राष्ट्रप्रेमी जनता एकजुट हुनुपर्ने बताए । बिकासको बहानामा देश बेच्ने षड्यन्त्र भइरहेकाले स्थानीय तहबाट यसको सहमति नहोस् भन्नका लागि खबरदारी गर्न बिरोधका कार्यक्रम गर्न लागिएको उनले बताए ।

नेपालको संविधानमा नियन्त्रण गरी अमेरिकी डिजाइनको राज्य सञ्चालन प्रणाली लाद्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यो अमेरिकाको सियो बनेर पस्ने र हात्ती बनेर निस्कीने योजना भएको बताए । साथै दुराले नेपाललाई प्रयोग गरी तेस्रो विश्व युद्ध निम्त्याउने तयारी भइरहेको भन्दै एमसीसी सम्झौता खारेज नहुँदासम्म निरन्तर विरोधका कार्यक्रमहरु गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker