भानु–१३ मिर्लुङ खड्कागाउँको पहेले खेतमा गोरु जुधाई प्रतियोगिता

मिर्लुङ : तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ खड्कागाउँमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिएको छ । नमुना आमा समुह र खड्कागाउँ बाबा समुहको संयुक्त आयोजनामा पुस २७ गते शनिबार प्रतियोगिता गर्न लागिएको हो ।
माघे संक्रान्ति पर्वको अवसर पारेर परम्परागत संस्कृतिको संरक्षण तथा मनोरञ्जनाका लागि स्थानीय पहेले खेतमा खुल्ला गोरु जुधाई कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पूर्णबहादुर थापाले जानकारी गराए ।
तीनघरेस्थित पहेले खेतको ठूलो गह्रामा सञ्चालन गरिने प्रथम हुने गोरु धनिलाई २५ हजार, द्धितीय हुनेलाई १२ हजार र तृतीय हुने गोरु धनिलाई ७ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।










