लकडाउनको सदुपयोग गर्दै दुर्गा मन्दिर पुनःनिर्माण

भञ्ज्याङ समाचारदाता दुलेगौंडा

नेपालीहरुको ठुला पर्व दशै तिहार नजिकिदै छ । कोरोना भाइरसका कारण अघिल्लो बर्षहरुमा झै रौनकता छैन । तर पनि ठाँउ-ठाँउका दुर्गा तथा कालिकादेवीको मन्दिर सरसफाई र मर्मत संभारमा स्थानीयहरु जुट्न थालेका छन् ।

यसैबीच शुक्लागण्डकी-८, लालिममा रहेको दुर्गा मन्दिर पुनःनिर्माणमा त्यहाँका स्थानीयहरु पनि जुटेका छन् । लकडाउनको सदुपयोग गर्दै स्थानीय मन्दिरको पुनःनिर्माणमा जुटेका हुन् । वि.सं २०४६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण भएकाले पुनःनिर्माण शुरु गरिएको मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष विरेन्द्र कुमार सोम पौडेलले जानकारी दिए ।

उनका अनुसार गत बैशाखबाट पुनःनिर्माण कार्य थालिएको हो । बन्दाबन्दपछि पेसेवारहरु फुर्सदिलो भएकाले सबैको सहकार्यमा मन्दिर पुनःनिर्माणमा लाग्ने निर्णय भएअनुसार काम थालिएको पौडेलले बताए । हालसम्म मन्दिरको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।

ढोर क्षेत्रका स्थानीयहरुको आस्थाको धरोहरको रुपमा रहेको दुर्गा मन्दिर पुनःनिर्माणमा स्थानीयहरु कसिएका हुन् । मन्दिर पुनःनिर्माणमा समितिलाई स्थानीय सरकारको पनि साथ मिलेको छ। शुक्लागण्डकी नगरपालिकाबाट ३ लाख र ८ नं वडा कार्यालयबाट १ लाख बजेट विनियोजन भएको छ । आवश्यक बाँकी रकम स्थानीय तथा देशविदेशमा रहेकाहरुबाट संकलन गरिएको अध्यक्ष पौडेलले बताए । ‘अहिलेसम्म करिब १५ लाख रुपैयाँ खर्च भइसकेको छ, आगामी घटस्थापनामा उद्घाटन गर्ने गरी काम भइरहेको छ’, उनले भने ‘२० लाखमा मन्दिर पुनःनिर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । मन्दिर पाँच तले बनाइएको छ ।’ कोरोना प्रभावका कारण अपेक्षाकृत रकम संकलन हुन नसकेको हुँदा निर्माणधिन मन्दिर सम्पन्न गर्न आर्थिक संकट देखिन थालेकाले सहयोग गर्न चाहानेले खुलेर सहयोग गर्न सक्ने पौडेले बताए ।

बन्दै गरेको मन्दिरमा पुरातात्विक बस्तु तथा कलाहरु झल्काइएको छ । भक्तपुरे इट्टा प्रयोग गरिएको छ, कलात्मक आँखी झयाल र ढोका हालिएको अध्यक्ष पौडेलले बताए । मन्दिर निर्माणमा एक मिस्त्रीसंग निर्माण समितिका चार जना सदस्यले शुरुदेखि नै श्रमदान गर्दै आएका छन् । त्यस्तै ढोरबाराही युवा क्लबका पदाधिकारीहरुले पनि मन्दिरमा श्रमदान गरेका छन् । अब मन्दिरमा रंगरोगन गर्न, गजुर, घण्टी र मुर्ति राख्न बाँकी रहेको स्थानीय युवा सुरोज पौडेलले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker