व्यास नगरपालिकामा न्यायीक समितिद्वारा २० उजुरी फर्छ्यौट

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकामा एक वर्षमा २० उजुरी फर्छ्यौट भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा दर्ता हुन आएको ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवं न्यायिक समिति संयोजक इन्दिरा दरैले बताइन् ।

दर्ता भएका उजुरी मध्ये १३ वटा मिलापत्रबाट फर्छ्यौट भएका छन् । ७ वटा उजुरी सर्वसम्मत ढङ्गबाट फर्छ्यौट गरिएका छन् । नगरपालिकाको न्यायिक समितिमा ३८ वटा उजुरी प्रक्रियामा रहेको संयोजक दरैले बताइन् ।

आ.व. २०७९/०८० मा अघिल्लो वर्षको १० वटा उजुरी सारिएका थिए । पालिकामा सबैभन्दा धेरै जग्गा विवादका उजुरी रहेको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ । जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबीचको विवाद, घरेलु हिंसा लगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् ।

नगरपालिकाले वडाबाटै मेलमिलाप गराउन हरेक वडामा मेलमिलाप केन्द्र पनि बनाएको छ । वडाले फर्छ्यौट गर्न नसकेको उजुरी नगरपालिकामा आउने गरेको उपप्रमुख दरैले बताइन् । उनले भनिन्, ‘वडातहबाटै हामीले मुद्दालाई मिलापत्र गर्न लगाउछौं, वडामा रहेको मेलमिलापले नसकेपछि न्यायीक समितिमा दर्ता गराइ उजुरीको छिनोफानो गराइन्छ ।’

‘३ देखि ५ पटकसम्म एउटै उजुरीमा छलफल गराउँदा उजुरीको छिनोफानोमा समय लाग्ने गरेको छ । हामीले मिलापत्रबाटै उजुरीको छिनोफानो गराउनेमा जोड दिने गरेका छौं’, उनले बताइन ।

चालु वर्ष २०८०/८१ मा ३ वटा मुद्दा दर्ता भएका छन् । जसमा चालु वर्ष र अघिल्लो वर्षको १/१ मुद्दाको फर्छ्यौट भएका छन् भने दुइ वटा उजुरी प्रक्रियामा रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराउने गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker