राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा वडालाई एम्बुलेन्स हस्तान्तरण

व्यास नगरपालिका–९ स्थित राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा खरिद गरी वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । समाजद्वारा आज आयोजित कार्यक्रममा समाजका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेमार्फत वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नगरप्रमुख न्यौपानेले सेवामूलक कार्य सञ्चालन गर्न लाग्नुभएकामा स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभयो । सामाजिक कार्यमा स्थानीयवासीले देखाएको कार्य प्रसंशानीय र अन्य वडाले अनुकरण गर्न योग्य रहेको उहाँको भनाइ थियो । स्थानीयवासी तथा देश विदेशमा रहनुभएका वडावासीले गर्नुभएको सङ्कलित रकमबाट रु १७ लाख खर्चेर एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा स्थानीयवासी लागेका हुन् ।

वडामा कार्तिके, सतिस्वाँरा र गजुरे गरी तीन वटा स्वास्थ्य केन्द्र रहे पनि एउटा पनि एम्बुलेन्स नहुँदा सास्ती भोग्नुपरेकाले एम्बुलेन्स खरिद गरी वडालाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष रोशन रेग्मीले जानकारी दिनुभयो । वडालाई प्राप्त एम्बुलेन्स के कसरी सञ्चालन गर्ने भन्ने विषयमा पुनः स्थानीयवासीसँग बसेर छलफल गरी व्यवस्थापन गरिने वडाध्यक्ष सुरेश थापाले बताउनुभयो ।

सेवाग्राहीलाई महँगो भार नपर्ने गरी चालक र तेलको खर्च उठ्ने गरी सुलभ दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker