क्रिश्चियन धर्मावलम्बीको समाधीस्थल व्यवस्थापनका लागि व्यासमा समिति गठन

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्र भित्रका क्रिश्चियन धर्मावलम्बीहरुको समाधी स्थल व्यवस्थापनका लागि समिति गठन गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबा बसेको नगरकार्यपालिका बैठकले वडा नं. ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा संयोजन तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको हो ।

कार्यपालिका बैठकले व्यास नगर कोभिड अस्पताल-संचालन कार्यविधि, २०७८ र एम्बुलेन्स संचालन कार्यविधि, २०७८ मा संशोधन प्रस्ताव पारित गरेको छ। बैठकले नगरपालिका अन्तर्गतका टोल संस्थाहरु, उपभोक्ता समितिका पदाधिकारीहरुलाई-योजना निर्माण र कार्यान्वयन सम्बन्धमा वडासंग समन्वय गरी प्रशिक्षण दिन पूर्वाधार विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, सार्वजनिक निजी साझेदारीको उदाहरणीय योजना सञ्चालनका लागि मानुङकोट, नारेश्वर ताल लगायतका पर्यटकीय प्रवर्द्धनका योजनाहरुलाई अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

वि.सं. २०७८ को वडादशैं, शुभ-दिपावली, छठ पर्व, नेपाल सम्वत, इद लगायतका पर्वका अवसरमा शुभकामना व्यक्त गरेको नगर कार्यपालिका बैठकले कोभिड-१९ को असर अझै बाँकी भएकाले उल्लेखित चार्डपर्वहरुलाई र्सतर्कतापूर्वक मनाउन समेत अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker