अनुदान नपाएपछि व्यास–१० का किसानले दूध बेच्न किने “ट्रक”

तनहुँ : तनहुँको व्यास नगरपालिकाले २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सचेतना सभा गरेको छ । “भूकम्पले सिकाएको पाठ : बलीयो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने नाराका साथ सचेतना सभा कार्यक्रम गरिएको थियो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, नगर उपप्रमुख ईन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गरै, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका सदस्य र विभिन्न समुदायका प्रमुखहरूको सहभागितामा बिगतका भूकम्पले दिएको सन्देशलाई सिकाईका रुपमा लिएर आगामि दिनमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा सबै सचेत बन्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा १९९० को महाभूकम्पको सम्झनामा दिउँसो २ः२४ बजे गरिएको “घुँडाटेकी गुडुल्की ओत लागि समात” अभ्यास गरिएको थियो । सहभागीहरूले सामुहीक प्रतिबद्धता जनाउँदै भूकम्पीय सुरक्षाका उपायहरू सिक्ने र त्यसलाई आफ्ना परिवारमा लागू गर्ने प्रतिज्ञा गरेका थिए ।
कार्यक्रममा ई. रविन्द्र लाल मूल र ई. अमृत के.सी.ले भूकम्प सुरक्षा र पूर्वतयारीका विषयमा सहजिकरण गरेका थिए । सहभागीले भूकम्पीय सुरक्षा सम्बन्धी विभिन्न सुझाव र विचार प्रस्तुत गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker