कडाइपछि प्रहरी कार्यालय तनहुँ परिसरबाट लाखापाखा भए युट्यूवर

भञ्ज्याङ न्यूज

अभिनेता पल शाह नावालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँको कार्यालय अगाडि जम्म हुँदै आएको भिड हटेको छ ।

गत आइतबार तनहुँ प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरी अभिनेता शाहलाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको छ । उनि तनहुँ आएसंगै ज्रि्रका अगाडि युट्युवर, टिकटकर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु जम्मा भएर प्रहरीलाई नै वाधा पुर्‍याइरहेका थिए ।

ज्रि्रका अगाडिबाट ‘लाइभ रिपोर्टिङ’ गरिरहेका युट्यूवर प्रहरीले कडाइ गरेपछि लाखापाखा भएका छन् । अन्य सेवाग्राहीलाई समेत असर परेकाले भिडभाड नियन्त्रण गरिएको ज्रि्रका तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

उनले भने, ‘हिजोअस्तिको जस्तो वातावरण अहिले छैन । हामीले कडाइ गरिरहेका छौं ।’

अभिनेता पल शाहले ज्रि्रका तनहुँमा आएर आत्मर्समर्पण गरेलगत्तै काठमाडौंबाट युट्युवर तथा केही अनलाइन पत्रकार रातारात दमौली आइपुगेका थिए ।

युट्यूवरकै कारण अन्य मानिसहरुको भिड पनि बढेको थियो । यहाँ पल शाहको पक्षमा नारावाजी र हुटिङसमेत हुन थालेपछि तनहुँ प्रहरीले कडाइ गर्दै आएको छ ।

यस्तै, जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आरोपित अभिनेता शाह उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार सम्भवता आइतबार अभिनेता शाहलाई प्रहरीले अदालतमा उपस्थित गराउने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker