दुलेगौंडाको पञ्चमुनिदेव माविले ५५औं वार्षिकोत्सव मनाउँदै

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ५५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ ।
विद्यालयले यही माघ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको विशेष उपस्थिति र चर्चित गायिका एलिना चौहान र विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रमका बीच वार्षिकोत्सव मनाउने तयारी गरेको विद्यालयले जनाएको छ ।
तनहुँको नमुना विद्यालयका रुपमा स्थापित भएको यस विद्यालयमा अध्ययन गर्न देशभरबाट विद्यार्थीहरु आउने गर्दछन् । झण्डै २३ सय विद्यार्थी अध्ययनरत यस विद्यालयका विगतका बर्षहरुमा समेत चर्चामा रहेका कलाकारहरुलाई निमन्त्रणा गरी भब्य रुपमा बार्षिकोत्सव मनाउँदै आएको छ ।










