तनहुँको डुम्रेमा ट्राफिक सचेतनामूलक कार्यक्रम

अस्थायी ट्राफिक प्रहरी पोष्ट डुम्रेले बन्दीपुर-१ डुम्रे बजारका बिभिन्न कारखाना तथा वर्कसप सञ्चालकहरुलाई ट्राफिक व्यवस्थापनमा वर्कसप कारखानाले पालाना गर्नुपर्ने दायित्व र जिम्मेवारी विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा प्रहरी चौकीका इन्चार्ज शिव थापाले वर्कसप कारखाना सञ्चालन गर्दा सुरक्षा मापदण्ड पालना गर्ने, बालबालिकालाई काममा नलगाउने, दर्ता नभएकाहरुलाई दर्ता गर्न लगाउने बिषयमा सहजिकरण गरेका थिए । साथै ट्राफिक व्यवस्थापन सम्बन्धमा स्थानीय जनप्रतिनिधि, बजार ब्यवस्थापन समिति लगायत सबैले डुम्रे बजारको ट्राफिक व्यवस्थापन सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा प्रहरी हवल्दार धनन्जय न्यौपाने, कार्यालयका इन्चार्ज बिशाल परियारले वर्कसपमा आउने सवारी साधन हरुको बिबरण राख्नु पर्ने, दुर्घटनाका संकास्पद सवारी साधन भएमा प्रहरीलाई खबर गर्ने, दर्ता गरी मात्र वर्कसप कारखाना सञ्चालन गर्ने, कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका अनुसारको मापदण्ड पूरा गरी सञ्चालन गर्ने, ड्राइभिङ टेस्ट मुल सडकमा नगर्ने बिषयमा सचेत गराएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker