नवौं तनहुँ महोत्सव : विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन– सांसद भण्डारी

दमौली : पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले मुलुकको विकासका मुख्य आधार कृषि, जलस्रोत र पर्यटन भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौ तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले मुलुकको आर्थिकस्थित मजबुत बनाउनका लागि कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास ध्यान दिनुपर्ने बताए ।
‘धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक, साहित्यिकसंगै कृषि क्षेत्रको प्रवद्र्धनमा पनि ध्यान पु¥याउनुपर्छ’, उनले भने, ‘हाम्रा नदीहरुलाई बिजुली निकाल्ने मात्रै नभई सिंचाईको उचित प्रवद्र्धन गरी कृषि क्षेत्रको प्रवद्र्धन गर्दै राजगारीको वातावरण सृजना गर्नुको विकल्प छैन ।’
आधुनिक कृषि औजारको प्रयोग र सिंचाईको व्यवस्था गर्न सके कृषि उपजको लागत घटाउन सकिने बताउँदै उनले धार्मिक पर्यटन प्रवद्र्धन तर्फ पनि जोडदिनुपर्ने चर्चा गरे ।
तनहुँको देवघाट, छाब्दी वाराही, ढोरवाराही, थानीमाई, अकला लगायतका धार्मिक स्थलमा सबैभन्दा धेरै पर्यटक आउने गरेको उदहारण दिँदै सांसद भण्डारीले धार्मिक पर्यटन प्रवर्द्धन गर्नपनि यस्ता मेला महोत्सवले मद्दतपुग्ने बताए ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा आयोजित महोत्सव समापन कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले महोत्सवमा विदेशबाट आयतित बस्तु बिक्री नगरी स्वदेशी उत्पादनको बिक्री गर्ने तर्फ ध्यान पु¥याउन जोड दिएका थिए ।
महोत्सवमा साँस्कृति प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी एवं बिक्रीवितरण गरिएको थियो ।
यस्तै, महोत्सवको अन्तिम दिन सोमबार लोक गायक रामजी खाँड र गायिका माण्डवी त्रिपाठीले सांगितक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker