स्थानीय तह सदस्य निर्वाचन २०७९ : तनहुँका सात पालिका र ५९ वडाको मतपरिणाम सार्वजनिक (सूचितसहित)

भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तह सदस्य निर्वाचनका लागि गत वैशाख ३० गते भएको मतदानको नतिजा सार्वजनिक हुने क्रममा जारी छ । तनहुँको ४ नगरपालिका र ६ गाउँपालिका मध्य हालसम्म १ नगरपालिका र ६ गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजा अनुसार तनहुँको भिमाद नगरपालिकाको प्रमुख, उपप्रमुख, घिरिङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष, बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दिपुर गाउँपालिकाको उपाध्यक्ष र ऋषिङ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै, आँवुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र देवघाट गाउँपालिकाको उपाध्यक्ष पदमा नेकापा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

यो समाचार तयार पार्दसम्म जिल्लाका ८५ वडा मध्ये ५८ वडाको मतपरिणाम सार्वजनिक भएका छन् । सार्वजनिक मत परिणाम अनुसार २८ वडामा नेपाली कांग्रेसका उम्मेदवार, २१ वडामा नेकपा एमालेका उम्मेदवार, ६ वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार र ३ वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, जिल्लाको व्यास नगरपालिकाको वडा नं. ८ रिस्ती स्थित दुइ मतदान केन्द्रको निरीक्षणका क्रममा मेयर पदका स्वतन्त्र उम्मेदवार माथी आक्रमण भएपछि उक्त दुइ केन्द्रको निर्वाचन स्थगित भएका कारण मतगणना कार्य हुन सकेको छैन । जेठ ४ गते उक्त केन्द्रमा पुनः मतदान गरी मतगणनाकार्य अगाडि बडाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी गराए ।

तनहुँको भानु र शुक्लागण्डकी नगरपालिकामा मतगणना कार्य जारी रहेको छ । मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार भानु नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् भने नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका उम्मेदवारले पछ्याइरहेका छन् । शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता लिइरहेका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । नगर उपप्रमुख पदमा एमालेका उम्मेदवारको अग्रता रहेको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले पछ्याई रहेका छन् ।

भिमाद नगरपालिका

तनहुँको भिमाद नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख र उपप्रमुख पदमा बहुमत वडा सहित एमालेले विजय हासिल गरेको छ । नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् भने, उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी भएकी छन् भने, उनिका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत प्राप्त गरेका छन् ।

तनहुँको भिमाद नगरपालिकाको प्रमुखमा निर्वाचित दधिराज सुवेदी र उपप्रमुखमा विजयी शारदा खनाल लगायत उम्मेदवार मंगलबार विजय र्‍यालीमा सहभागी हुँदै । तस्बिर : भञ्ज्याङ

भिमाद नगरपालिकाको कूल २४ हजार ८८४ मतदाता रहेकोमा निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो । भिमाद नगरपालिका-२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ । वडा नं. १ मा कांग्रेसका दिपक आले (१०५९), २ मा एमालेका दिनेशकुमार थापा (१५६१), ३ मा एमालेका पदमबहादुर सेन ठकुरी (६३१), ४ मा कांग्रेसका रामकृष्ण राना (९२१), ५ मा कांग्रेसका पदमबहादुर थापा (११०६), ६ मा कांग्रेसका श्यामसुन्दर जोशी (१०१४), ७ मा एमालेका प्रकाश श्रेष्ठ (८४२), ८ मा एमालेका अण बहादुर शाही (८१४) र ९ मा एमालेका रनबहादुर थापा -१०४०) निर्वाचित भएका छन् ।

बन्दिपुर गाउँपालिका

तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएकी छन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुइ मतको अन्तर परेको छ ।

अध्यक्षमा निर्वाचित थापाले तीन हजार २२९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित गुरुङले तीन हजार २७ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका उम्मेदवार थापा र गुरुङ निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् ।

बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार सुरेन्द्र थापा निर्वाचित भएपछि विजयउत्सव मनाउँदै निर्वाचित उम्मेदवार तथा मतदाताहरु । तस्विर : भञ्ज्याङ

कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको बन्दिपुरको छ वटा वडा मध्ये नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुइ र नेपाली कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नम्बर १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५, कांग्रेसले ३ नम्बर वडा जितेको छ ।

वडा नं. १ मा एमालेका शिवकुमार श्रेष्ठ (९०९), २ मा माओवादीका तिलकबहादुर कुंवर (६५३), ३ मा कांग्रेसका परमेश्वर भट्टराइ (४०५), ४ मा एमालेका दान बहादुर थापा (७४०), ५ मा माओवादीका ध्रुवप्रसाद लामिछाने (६९१) र ६ मा एमालेका बलबहादुर गुरुङ (५४५) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

आँबुखैरेनी गाउँपालिका

तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्ष पदमा निर्वाचित चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुइ हजार २३० मत प्राप्त गरेका छन् । थापा निवर्तमान अध्यक्ष हुन् ।

आँवुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएपछि मंगलबार विजयोत्सव मनाउँदै । तस्विर : भञ्ज्याङ

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा अर्यालले दुइ हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुइ हजार १८३ मत प्राप्त गरेकी छन् । १३ हजार ६३१ मतदाता रहेकोमा निर्वाचनमा ९ हजार २७८ मत खसेको आँवुखैरेनीको छ वटा वडामा नेकपा माओवादीले तीन, नेपाली कांग्रेसले दुइ र नेकपा -एमाले)ले एक वडा जितेको छ । माओवादीले वडा नम्बर १, २ र ५, नेपाली कांग्रेसले वडा नम्बर ३ र ४ र नेकपा एमालेले वडा नम्बर ६ मा विजयी भएको छ ।

वडा नं. १ मा माओवादीका प्रेमबहादुर गुरुङ (८५१), २ मा माओवादी आश बहादुर गुरुङ (६६७), ३ मा कांग्रेसका दिनेश केसी (१००८), ४ कांग्रेसका मिलन भुजेल (४३३), ५ मा माओवादीका सन्तोष गुरुङ (२८८), ६ मा एमालेका दिलीप गुरुङ (३९०) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

म्याग्दे गाउँपालिका

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट श्रीप्रसाद श्रेष्ठले ४ हजार ९५० मत र उपाध्यक्षमा नेपाली कांग्रेसबाट बालकृष्ण घिमिरेले ५ हजार ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्षका उम्मेद्वार मायादेवी राना आलेले ४ हजार २३२ मत र एमालेबाट उपाध्यक्षका उम्मेद्वार रत्नदेवी घिमिरेले ४ हजार २०० मत प्राप्त गरेका थिए ।

पराजित अध्यक्ष उम्मेदवार मायादेवी म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष र बालकृष्ण निवर्तमान उपाध्यक्ष हुन् । यस्तै, गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत प्राप्त गरेका थिए ।


गाउँपालिकाको कुल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । म्याग्देमा नेकपा एमालेले तीन वडा र कांग्रेसले चार वटा वडामा वडाध्यक्ष जितेका छन् । वडा नम्बर १ मा एमालेका मणिभद्र वाग्ले (६९९), वडा नम्बर २ मा कांग्रेसका शिवबहादुर क्षेत्री (८८९), वडा नम्बर ३ मा एमालेका टुकराज अधिकारी (६६१), वडा नम्बर ४ मा कांग्रेसका दीपककुमार श्रेष्ठ (१०३८), वडा नम्बर ५ मा कांग्रेसका शिवबहादुर आले (५७८), वडा नम्बर ६ मा कांग्रेसका हिरालाल गुरुङ (७४२) र वडा नम्बर ७ मा एमालेका उम्मेद्वार वसन्त कुमार श्रेष्ठ (७२२) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

देवघाट गाउँपालिका

देवघाट गाउँपालिका गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापाले ४ हजार ३०६ मत र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरुङले ३ हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी नेकपा एमालेबाट अध्यक्षमा दुर्गबहादुर थापाले ३ हजार ४८३ मत र उपाध्यक्षमा सावित्री न्यौपानेले ३ हजार ४६७ मत पाएका थिए । एमालेका उम्मेदवार दुर्गबहादुर निवर्तमान अध्यक्ष हुन् ।

विजय उत्सव मनाउँदै देवघाट गाउँपालिकामा निर्वाचित उम्मेदवारहरु । तस्विर : भञ्ज्याङ

१२ हजार ८१५ मतदाता रहेकोमा निर्वाचनमा ८ हजार ६४७ मत खसेको देवघाटमा एमालेले २ वटा वडाध्यक्ष र कांग्रेसले ३ वटा वडाध्यक्ष जितेको छ । देवघाटको वडा नं. १ मा एमालेका मनिराज गुरुङ (८९८), देवघाट-२ मा कांग्रेसका मीनबहादुर राना (८५८), देवघाट-३ मा कांग्रेसका टेकबहादुर आले (५०४), देवघाट-४ मा एमालेका मित्रलाल गुरुङ (४१२) र देवघाट-५ मा कांग्रेसका पूर्णबहादुर गुरुङ (७२२) वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । १२ हजार ८१५ मतदाता रहेको देवघाटमा शुक्रबार सम्पन्न मतदानमा ८ हजार ६४७ मत खसेको निर्वाचन अधिकृत थमनसिंह थापाले बताए ।

घिरिङ गाउँपालिका

सत्तारुढ दलको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाले ४ हजार ३३१ मत र उपाध्यक्षमा राधादेवी अधिकारीले ४ हजार ४८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

घिरिङमा गठबन्धन दलबाट कांग्रेसका अध्यक्षका उम्मेद्वार गंगाराम कुमालले ३ हजार ५५४ मत र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेद्वार पूर्णबहादुर थापाले २ हजार ७४७ मत प्राप्त गरेका छन् ।


१४ हजार ६७६ मतदाता रहेकोमा निर्वाचनमा ८ हजार ७१८ मत खसेको घिरिङमा एमालेले ३ वटा वडाध्यक्ष र कांग्रेसले २ वटा वडाध्यक्ष जितेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको थियो।

घिरिङको वडा नं. १ कांग्रेसबाट रविन्द्र घोरासिनी (११२८), वडा नं. २ मा एमालेबाट नरबहादुर थापा (१०१७), वडा नं. ३ मा एमालेका तहलसिं थापा (८४१), वडा नं. ४ मा एमालेका भिमबहादुर कुमाल (८४१) र वडा नं. ५ मा कांग्रेसबाट विष्णुवीर आले (८९०) वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

ऋषिङमा गाउँपालिका

तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षतमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनु थापा निर्वाचित भएका हुन् । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दुबै जना निर्वाचित भएका थिए । अध्यक्षका उम्मेद्वार श्रेष्ठले तीन हजार ३३५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिराज कँडेलले दुइ हजार ७९२ र स्वतन्त्र उम्मेदवार श्रीराम थापाले पुतली चिन्हबाट तीन हजार ३३ मत प्राप्त गरेका थिए ।

ऋषिङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा निर्वाचित पछि कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु । तस्विर : भञ्ज्याङ

यस्तै, उपाध्यक्ष पदमा ४ हजार ४२९ मत प्राप्त गरी पुनः गिनु थापा बिजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार मधुप्रसाद थापाले तीन हजार ४८९ मत प्राप्त गरेका छन् । १८ हजार २३८ मतदाता रहेकोमा १० हजार ६७७ मत खसेको आठ वटा वडा मध्ये २, ३, ४, ५ र ६ नम्बर वडा नेपाली काँग्रेस, ७ र ८ नम्बर वडा स्वतन्त्र र १ नम्बर वडा नेकपा माओवादी केन्द्रका उम्मेदवार ननिर्वाचित भएका छन् ।

वडा नं. १ माओवादीका कुश थापा (८३१), २ मा कांग्रेसका दलबहादुर थापा (४६१), ३ मा कांग्रेसका भिम बहादुर थापा (८०८), ४ मा कांग्रेसका प्रेमराज श्रेष्ठ (७०६), ५ मा कांग्रेसका बुद्धिमान राना मगर (८२२), ६ मा कांग्रेसका भक्तबहादुर आले (५६५), ७ मा स्वतन्त्र दुर्गा बहादुर थापा (४९५) र ८ मा स्वतन्त्र भरतकृष्ण श्रेष्ठ (३९६) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

भानु नगरपालिका

यस्तै, भानु नगरपालिकाको वडा नं. १ मा कांग्रेसका कान्छीमाया तामाङ (६७२), २ मा एमालेका केशवराज त्रिपाठी (६२२), ३ मा कांग्रेसका तुकुमार गुरु (९०८), १२ मा कांग्रेसका बेलबहादुर अधिकारी (९२९), १३ मा स्वतन्त्र कृष्ण बहादुर अधिकारी (५२१), ११ मा स्वतन्त्र विमलराज जोशी (१०६३) वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शुक्लागण्डकी नगरपालिका

शुक्लागण्डकी नगरपालिकाको वडा नं. १ मा कांग्रेसका रविचन्द्र पौडेल (१११३), २ मा कांग्रेसका सुमन बहादुर राना (९२५), ३ मा कांग्रेसका सचिन भुजेल (८०५), ४ मा कांग्रेसका राजकुमार वाग्ले (७७८), ५ मा एमालेका दीर्घबहादुर थापा (१२१९), ६ मा एमालेका बुद्धी बहादुर थापा (१२७३), ९ मा एमालेका धनबहादुर थापा (७४०) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker