स्थानीय आर्थिक विकास कार्यक्रममा तनहुँका ३ स्थानीय तह छनोट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि तनहुँका ३ वटा सहित १०४ वटा स्थानीय तह छनोट भएका छन् ।

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त निवेदनका आधारमा तनहुँको म्याग्दे गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिका छनोट भएका छन् ।

यस्तै, कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिए ।

उनका अनुसार २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको हो ।

सामान्य प्रशासन मन्त्री अनिता देवी आफैंले निर्णय गरेर छनोट गरेकी हुन् । छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी सापकोटाले दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker