रक्सी बनाउन प्रयोग गरिने १७ बोरा मर्चा नष्ट गरियो

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले रक्सी बनाउन प्रयोग गरिने मर्चा नियन्त्रणमा लिएर नष्ट गरेको छ। प्रहरीले सोमबार विहान १७ बोरा मर्चा बरामद गरी नष्ट गरेको बताइएको छ ।
विहान करिब ८ बजे व्यास नगरपालिका–५ तालघरेस्थित पृथ्वी राजमार्गमा ट्राफिक प्रहरीसँगको संयुक्त गस्तीमा सवारी जाँच गर्दा मर्चा बरामद गरिएको बताइएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१च ८६८१ नम्बरको जिपलाई रोकी चेकजाँच गर्दा जिप पछाडी अवैध रूपमा बोरामा हालेर ल्याएको मर्चा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
१७ वटा बोरामा रहेको मर्चा तौल गर्दा ५०९ किलो ६२ ग्राम रहेको थियो । व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाको उपस्थितिमा मर्चा माटोले पुरी नष्ट गरिएको थियो ।










