तनहुँको कमलबारीमा बस दुर्घटना हुँदा १८ जना घाइते (नामावली सहित)

पृथ्वी राजमार्ग  अन्तर्गत  तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा आइतबार बिहान ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको छ । मुग्लिनबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस उक्त स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार टिपरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १८ जना यात्रु घाइते भएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको र बाँकी घाइतेको जिल्ला अस्पताल र रत्नहरि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटे बस्ने बर्ष १० की असिमा साही, भानु नगरपालिका वडा नं ३ बस्ने चाम्बास बस्ने बर्ष २१ की सबिता सुनार, वर्ष १९ की सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ३० को प्रदिप गोदार रहेका छन् ।

त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं। ९ हिलेखर्ख बर्ष ४० को सुरन राई, व्यास नगरपालिका वडा नं। २ बस्ने बर्ष ३४ की पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं। १ बस्ने बर्ष ५२ की ज्ञानदेबी श्रेष्ठ, सोही ठाउँ बस्ने बर्ष २० की स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ बस्ने बर्ष २१ को एन्जल भट्टराई, ऑबुखैरेनी गाउँपालिका वडा नं। ५ छिम्केश्वरी बस्ने बर्ष ४१ को पुर्ण बहादुर गुरुङ घाइते भएका छन् ।

यस्तै भानु नगरपालिका वडा नं. १ साझबोटे बस्ने बर्ष २६ की बबिता थापा, सोही ठाउँ बस्ने बर्ष ३० को नबिन थापा, बर्ष १२ की दुर्गा थापा, बर्ष ७ की नबिना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सी बस्ने बर्ष ४० की दिपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्क बस्ने बर्ष ५० की सुमित्रा राई, ब्यास नगरपालिका वडा नं ११ मुलपानी बस्ने बर्ष ३६ की जुनु भट्टराई, वर्ष ८ की पुर्णिमा भट्टराई रहेका छन् ।

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker