तनहुँ प्रहरीद्वारा अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ प्रहरीले अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने एक एक्साभेटर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । प्रहरीले रिसिङ गाउँपालिका स्थित मादी नदी बगरमा बिना अनुमती बाटो बनाईरहेको अवस्थामा बा२ख ६२४३ नम्बरको एक्साभेटरलाई इलाका प्रहरी कार्यालय सारांघाटबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका एक्साभेटरलाई आवश्यक कारवाहीको लागि पठाइएकोमा गाउँपालिकाको २२ हजार ५०० रुपैयाँ जरिबाना गरेको बताइएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिका-९ सुरौदीखोला किनारबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ग१त ३०७० र ग१त ३४२१ नम्बरको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले नियन्त्रणमा लिई नगरपालिकामा बुझाएको थियो । नगरपालिकाले ती ट्याक्टरलाई प्रति ट्याक्टर १२ हजार रुपैयाँ जरिवाना गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

यस्तै, प्रहरीले ब्यास नगरपालिका-५ चिन्तुटार स्थित मादी नदी किनारबाट अबैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा ग१त २६३४, ग१त ३४७२ र ग१त ५०६३ नम्बरका तीन ट्याक्टरलाई अस्थायी प्रहरी चौकी कलेस्तीको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ब्यास नगरपालिकामा बुझाएको थियो । नगरपालिकाले प्रति ट्याक्टर ८ हजार रुपैयाँ जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker