बन्दीपुरमा तीज सप्ताहान्न उत्सव, पुरस्कार राशी एक लाख

पहाडकी रानीले उपनामले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भदौ १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर तीज सप्ताह उत्सव आयोजना गरिने भएको छ। उत्सव कार्यक्रम अन्तर्गत बृहत् खुल्ला तीज गीत प्रतियोगिता, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

हालसम्म बाहिरी दुनियासँग कम प्रचारित धार्मिक शक्तिपीठहरु सिद्धेश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्यावासिनी मन्दिर, तीनधारो ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको दर्शन गराउने र सबै माझ यिनीहरूको महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम रहेको छ।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्धेश्य सहित बन्दीपुरमा क्रियाशील सबै सङ्घ संस्थाहरूको सहकार्य र ‘बन्दीपुर तिज सप्ताह उत्सव’ आयोजक समितिको आयोजनामा यस प्रकारको भव्य कार्यक्रम घोषणा गरिएको समितिका संयोजक किरण पोखरेलले बताए।

चन्द्र निर्माण सेवा प्रा.लि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रा.लि काठमाडौ सहप्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाका लागि प्रायोजन गर्ने समेत घोषणा गरेका छन्।

उत्सव कार्यक्रम ७सय वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँखड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ। उनले भने, ‘तीज गीत प्रतियोगिताको लागि कम्तीमा ३० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउनेछन्।’

तीज गीत प्रतियोगितामा प्रथम हुने टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्वितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र अन्यलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिनेछ। यस अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरूका लागि विशेष छुट समेत घोषणा गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker