तालाबन्दीको विरोधमा भिमादका कर्मचारी आन्दोलित

भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको विरोधमा नगरपालिका कर्मचारी आन्दोलित भएका हुन् । नगरपालिकाका कर्मचारीले आइतबार विज्ञप्ती जारी गर्दै ताला नखोलेसम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउने उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस र सो निकट भातृसंगठन नेपाल विद्यार्थी संघमा आवद्ध केही व्यक्तिहरुले नगरपालिकाको काम कारवाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्य माथि गरिएको अभद्र व्यवहार र शिक्षा, युवा तथा खेलकुद शाखामा गरिएको तालाबन्दी प्रति भिमाद नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षा भएको जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘कार्यालयको काम कारवाही प्रति चित्त नबुझेमा कानून बमोजिम छुट्टै विधि र प्रक्रिया अनुसार आवश्यक पहलकदमी लिनु पर्नेमा त्यसो नगरी तटस्थताको सिद्धान्त बमोजिम कार्य सम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी माथि गरिएको दुर्व्यवहार, धाक धम्की प्रति सम्पूर्ण कर्मचारी परिवार निन्दा एवं भर्त्सना गर्दै आगामी दिनहरुमा यस्ता खालका हर्कत नगर्न समेत आग्रह गर्दछौं ।’

उल्लेखित कार्यबाट राष्ट्रसेवक कर्मचारीको मनोबल गिरेको, भयरहित वातावरणमा कार्यसम्पादन गर्ने वातावरण समेत नरहेको हुँदा कार्यालय समयमा कार्यकक्षमै दुर्व्यवहार, अपमानित तथा वेइज्जत गर्ने व्यक्तिको पहिचान गरी कानुनी दायरामा नल्याउँदासम्म आइतबारदेखि नगरपालिका र अन्तर्गत कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी विरोध जनाउने निर्णय भएको छ । ‘शिक्षा, युवा तथा खेलकुद शाखामा लगाईएको तालाबन्दी नखोलिए सम्म चरणवद्ध आन्दोलन गरिने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker