दुई हजारमा कोरोना पुष्टि, जहाँ छौँ तेही चाडपर्व मनाऔँ : स्वास्थ्य मन्त्रालय

गत २४ घण्टामा उपत्यकामा एक हजार ४१६ सहित दुई हजार ७१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५५२ जना रहेको जानकारी दिनुभयो ।

हालसम्म देशभरि जम्मा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ३१ हजार ३१५ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या १३ हजार ६४९ छ । प्रदेश १ मा एक हजार २९९, प्रदेश २ मा ६२०, बाग्मती प्रदेशमा नौ हजार ३०८, गण्डकी प्रदेशमा ६२५, लुम्विनी प्रदेशमा एक हजार १६९, कर्णाली प्रदेशमा ४७५ र सुदूरपश्चिम प्रदेशमा १५३ जना गरी जम्मा १३ हजार ६४९ जना हुनुहुन्छ ।

प्रवक्ता गौतमले भन्नुभयो, “होमआइसोलेशनमा रहनुभएका व्यक्तिको सङ्ख्या प्रदेश १ मा दुई हजार १८७, प्रदेश २ मा ५३४, बाग्मती प्रदेशमा ११ हजार ५२१, गण्डकी प्रदेशमा ५८०, लुम्विनी प्रदेशमा एक हजार ८४७, कर्णाली प्रदेशमा ४२६, सुदूरपश्चिम प्रदेशमा ५७१ जना गरी जम्मा १७ हजार ६६६ जना हुनुहुन्छ ।”

गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ४२७ मा गरिएको छ । त्यो सँगै हालसम्म ११ लाख ६७ हजार ९८४ को परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या चार हजार ६१३ छ ।

प्रदेशअनुसार प्रदेश १ मा ४२९, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा ६११, लुम्विनी एक हजार ४७४, कर्णाली प्रदेशमा ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९६ जना छन्। सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८०४ जना छन्।

कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.४ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२९ र भेन्टिलेटरमा उपचाररतको सङ्ख्या जम्मा ७६ रहेको छ । गत २४ घण्टामा कोभिड–१९ बाट २२ जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ बाट ६३६ जनाको मृत्यु भएको छ ।

जसम्म ५०० भन्दा बढी सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् भने कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ छन् । विश्वमा हालसम्म तीन करोड ७५ लाख आठ हजार १४१ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुनु भएको छ भने निको हुनेको सङ्ख्या दुई करोड ८१ लाख ४८ हजार ८१ रहेको छ ।

जहाँ छौँ तेही चाडपर्व मनाऔँ– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ लाई समान्य रुपमा नलिन अपिल गरेको छ मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले हालसम्म पनि कोभिड–१९ रोकथामसम्बन्धी भ्याक्सिन पत्ता नलागेको अवस्थामा त्यसलाई सामान्य रुपमा नलिन र तत्काल यसको नियन्त्रण सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफैँ सचेत भएनौँ भने अवस्था अभैm जटिल आउन सक्छ, त्यसैले हामी जो जहाँ छौँ सचेत बनौँ सुरक्षित रहौँ ।”

उहाँले कोरोना सङ्क्रमण नेपालको शहर र घना वस्तीमा पैmलिरहेको बताउँदै त्यस्ता ठाउँहरुमा भिडभाड कम गर्नुपर्नेमा जोड दिनुभयो । प्रवक्ता गौतमले चाडपर्व नजिकिंदै गरेको सन्दर्भमा किनमेल गर्न जाँदा सावधानी अपनाउन, अनिवार्य मास्क प्रयोग गर्न, अनिवार्य रुपले सावुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि अपिल गरिएको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । उहाँले भन्नुभयो, “सरकारले पटकपटक अपिल गर्दै आएको छ, यसपालिको चाडपर्वमा बाहिर आवतजावत नगरौँ जहाँ छौँ तेही मनाऔँ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker