सासंद सिग्देलद्वारा संघीय बजेटबाट निर्माणाधिन विभिन्न योजनाको अनुगमन

भञ्ज्याङ न्यूज

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सासंद केदार सिग्देलले संघीय सरकारको बजेटबाट निर्माणाधिन विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गरेका छन् ।

संघीय सरकारबाट विनियोजित बजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी खोला पुल मालेवगर, पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको बारेमा उनले निरीक्षण गरेका हुन् ।

यसैगरि जनज्योति क्याम्पस भिमादमा क्याम्पसमा भएको समस्या, प्रगति विवरण र शिक्षाको विषयमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र सरोकारवालासँग सिग्देलले छलफल गरेका छन् ।

छलफलमा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान सिंह थापा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, सासंद सिग्देलले भिमाद, सिस्नेरी, भागर मोटरमार्गमा रहेको छिउदी खोलामा मोटरमार्ग पुलमा भएको बजेट विनियोजनको काम, प्रगति विवरण र अबको कामको बारेमा सरकोकारवालासँग समन्वय गरी काम छिटो सक्नु निर्देशन दिएका छन् ।

सांसद सिग्देलले बजेट निकासा हुने तर समयमा काम सम्पन्न नहुने राष्ट्रिय समस्या भएको हुँदा यसले आम जनताको जनजीविकामा असर पारेकाले समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker