दमौली-भोर्लेटारभित्री सडकमा बस पल्टिदा १५ जना घाइते

भञ्ज्याङन्यूज/दमौली

जिल्लाको व्यास नगरपालिका-१० स्थित परेवाडाडामा शुक्रबार दिउसो बस पल्टिदा १५ जना घाइते भएका छन् ।

दमौली-भोर्लेटारभित्री सडक खण्डमा दमौलीबाट लमजुङ कुन्छातर्फ जादै गरेको ना६ख ५४७९ नम्बरको बस अनियन्त्रित भई सडकदेखि करिव १० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको विवरणः

१) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ५ बस्ने बर्ष २१ की अन्जना थापा ।
२) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ४५ की शान्ती सुनार ।
३) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ की ईन्द्रकला आचार्य ।
४) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५५ की सिता पौडेल ।
५) जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ११ बस्ने बर्ष ५३ को याम ब।गुरुङ ।
६) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ८ बस्ने ४५ की साबित्री पौडेल ।
७) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५ की युबिषा पौडेल ।
८) जिल्ला नवलपुर बौदीकाली गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ५५ को सन्तलाल रजवाल ।
९) जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ की निशा खत्री भुजेल ।
१०) जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २ की दिब्यान्सी भुजेल ।
११) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५४ को अर्जुन थापा ।
१२) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ४७ की पार्वती बि.क ।
१३) जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ११ बस्ने बर्ष ६३ को मिन ब.गुरुङ ।
१४) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ९ बस्ने बर्ष ४५ को सुक ब.गुरुङ ।
१५) सहचालक जिल्ला लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं. १ बस्ने बर्ष १८ को बिकास थापा ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker