प्रेमराजा महतको बन्दिपुर मोह : बन्दिपुरैमा-२ ढुंगेधारै बोलको गीत सार्वजनिक (भिडियो सहित)

भञ्ज्याङ न्यूज

वरिष्ठ लोकगायक प्रेमराजा महतको चर्चित बन्दीपुरैमा गीत पछि बन्दीपुरैमा-२ ढुंगेधारैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

‘बन्दीपुरैमा माया भेटियो …….’ गीतको सफलतापछि महतले ढुंगेधारैको गीत ल्याएका हुन् । महतको शब्द संगीत रहेको गीतमा महत र शान्तिश्री परियारले स्वर भरेका छन् ।

अमेरिकालाई कर्मथलो बनाएर पनि फुर्सदमा नेपाल आउँदा लोक गीत संगीतको सिर्जनामा ब्यस्त हुने गायक महतले दर्शक श्रोताको माया र आशीर्वादले ढुंगेधारैको लोकगीत समर्पण गरेको बताएका छन् ।

गत वर्षबन्दिपुरैमा गीत सार्वजनिक गरेर उनले निकै चर्चा बटुले । उक्त लोकप्रियतालाई फेरि अर्को सिर्जना ढुंगेधारामा बोलको गीत मार्फ बन्दिपुरैमा-२ म्युजिक भिडियो र्सार्वजनिक गरेका हुन् ।

पर्यटकीय नगरी बन्दिपुरको चर्चित तीनधारालाई भिडियोमा देख्न सकिन्छ । धारामा भेटिने र जिस्कने गाउँले पिरतीलाई निर्देशक नारायण रायमाझीले सिर्जनात्मक ढंगले पस्किएका छन् ।

भिडियोमा सुन्दर बन्दिपुर बजार, काठले बनाएर ढुङ्गाले छाएको ठाँटी, बन्दिपुरबाट देखिने हिमश्रृंखला, सुर्यास्तको समयको सुनौलो आकाश लागायतको मनमोहक दृश्यलाई मानकृष्ण महर्जनले हेरिरहुँ लाग्ने गरी प्रस्तुत गरेका छन् ।

गाउँले जीवनशैली भिडियोको अर्को मिठास हो । मेलाको काम, महि र मकैको खाजा, दूध र भातले गाउँ छोडेर सहरिया परिवेशमा रमाएकालाई नोस्टाल्जिक बनाउँछ ।

भिडियोमा महतसँगै रिना थापा र दर्जनौं कोरसलाई झयाउरे तालमा कोरियोग्राफर रामजी लामिछानेले रमाइलो गरि नचाएका छन् ।

गाउँले जीवनशैली र बन्दिपुरको सुन्दरता सहित आएको म्युजिक भिडियोबाट बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने छ ।

https://www.youtube.com/watch?v=_qnmzqDt-58&list=RDGMEM916WJxafRUGgOvd6dVJkeQ&index=5

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker