मृगौला र क्यान्सर रोग पीडितलाई आर्थिक सहयोग

तनहुँ समाज हङकङले दुइ जना मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले बिहीवार दमौलीमा ३ जना बिरामीको उपचारार्थ सहयोग गरेको हो । समाजले तीन जना बिरामीलाई एक लाख ३० हजार रुपैयाँका दरले ३ लाख ९० हजार सहयोग गरेको छ ।

केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेका तनहुँको व्यास नगरपालिका-३ देउराली नगरका ७१ वर्षीय इन्द्रसिंह गुरुङ र व्यास-१ गल्बुवेसीका ५५ वर्षका नरबहादुर गुरुङको उपचारार्थ सहयोग गरेको हो । त्यस्तै भानु नगरपालिका-१३ पोखरीछापका ४६ वर्षीय मिन बहादुरलाई पनि समाजले आर्थिक सहयोग गरेको छ ।

समाजका पूर्व अध्यक्ष जंगबहादुर थापा र भीमराज गुरुङले संयक्त रुपमा सहयोग रकम बिरामी तथा तिनका परिवारलाई हस्तान्तरण गरेका हुन्। बिरामी मध्ये मृगौला पीडितले दमौली अस्पतालबाट नियमित डायलाइसिस सेवा लिइरहेका छन् भने क्यान्सर पीडितको इन्डियामा उपचार भइरहेको छ ।

उक्त रकम विभिन्न सिलसिलमा हङकङ पुगेका तनहुँवासीबाट संकलन गरेर पठाइएको हो । रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष थापाले बिगत देखिनै समाजले तनहुँको समाजिक बिकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए ।

दुःख पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ आफ्नो क्षमता अनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको थापाले बताए । साथै पूर्व अध्यक्ष गुरुङले १९९९ देखि समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरेको उनले बताए।

हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उनले बताए। समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवर्द्धनमा समेत सहयोग गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker