दमौली–जोमसोम–मुक्तिनाथ डिलक्स बस सेवा सञ्चालनमा

तनहुँ : स्थानीय यातायातको सहकार्यमा तनहुँको दमौलीबाट हिमाली धार्मिक गन्तव्य जोमसोम हुँदै मुक्तिनाथ जोड्ने डिलक्स बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सर्वसाधारण यात्रु तथा तीर्थयात्रीहरूको सहजताका लागि सुरु गरिएको उक्त सेवा मुक्तिनाथ दर्शनमा जाने श्रद्धालुहरूको बढ्दो चापलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको स्थानीय यातायातका शाखा प्रमुख चित्र गुरुङले जानकारी दिए।
उनका अनुसार नयाँ डिलक्स बस सेवाले दमौलीदेखि जोमसोम हुँदै मुक्तिनाथसम्मको यात्रा अझ सहज, सुरक्षित र आरामदायी बनाउने विश्वास गरिएको छ। यस सेवाले विशेषगरी धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय यातायातको सहकार्यमा सुरु गरिएको यो पहलले गण्डकी प्रदेशका विभिन्न क्षेत्रका यात्रुहरूलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिइएको छ।
सेवा सम्बन्धी विवरण अनुसार बस दमौलीस्थित दुर्गा मन्दिरबाट बिहान ६:३० बजे छुट्नेछ भने जोमसोमबाट बिहान ९:०० बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ।
थप जानकारीका लागि स्थानीय यातायात शाखा प्रमुख चित्र गुरुङ (९८४६०९३६०४) तथा बिमल थापा (९८१४१४९७३०) लाई सम्पर्क गर्न सकिने जनाइएको छ










