पत्रकार महासंघ तनहुँमा दुइ लाखको अक्षयकोष स्थापना

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले शाखामा दुइ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । स्व. श्रीमती भवानी खनालको स्मृतिमा उनले पत्रकार महासंघ तनहुँ शाखामा उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
खनालले बुधबार काठमाडौस्थित आफ्नै निवासमा शाखाका पूर्व अध्यक्ष प्रदीप काफ्लेलाई दुइ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । शाखामा पत्रकारिता अक्षयकोष स्थापना गर्ने बिगत केही वर्षदेखिकै चाहना बमोजिम आफूले सहयोग गरेको खनालले बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले पत्रकारिता अक्षयकोष स्थापना गरेकामा खनाललाई धन्यवाद दिँदै अक्षयकोषबाट प्राप्त हुने रकमबाट वार्षिक रुपमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने बताए ।










