शुक्लागण्डकीको जीपीले भेन्टिलेटर, आईसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि ९ करोड बजेट पायो

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगुपालिका-५ वेलचौतरा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँलाई भेन्टिलेटर, आईसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

उपचार केन्द्रमा भेन्टिलेटर, आईसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयले ९ करोड रुपैयाँ बजेट विनियोजन भएको प्रतिनिधि सभाका सदस्य किसान श्रेष्ठले जानकारी दिए।

उक्त बजेटबाट अस्पतालमा ५ वटा भेन्टिलेटर, १० वटा आईसियु बेड जडान र अक्सिजन प्लान्ट जडान गरिनेछ । भेन्टिलेटर, आईसियु बेडका लागि ६ करोड र अक्सिजन प्लान्ट निर्माणका र अक्सिजन उत्पादन पूर्वाधारका लागि ३ करोड बजेट विनियोजन भएको सांसद श्रेष्ठले जानकारी गराएका छन् ।

अस्पतालमा तत्कालै निर्माण कार्य सुरु गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई बैठक बसी कार्य सुरु गर्न भनिसकिएको सांसद श्रेष्ठले बताए ।

तनहुँका प्रतिनिधि सभाका सांसदहरु केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसान तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले केही दिनदेखि जिल्लामा कोरोना भाइरस संक्रमण दर उच्च बन्दै गएपछि तनहुँमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता महसुस गरी बजेट माग गरेका थिए ।

स्वास्थ्य मन्त्रालयबाट कोभिड-१९ को व्यवस्थापनको लागि केन्द्रीय निकाय तथा प्रदेश मातहतमा रहेका अस्पतालका लागि बजेट माग भएकोमा अर्थ मन्त्रालयले आईतबार विभिन्न २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, आईसियु बेड र अक्सिजन प्लान्ट निर्माणका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, व्यास नगरपालिकामा रहेको दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि पनि पहल भइरहेको सांसदहरुले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker