ऋषिङका असल बुहारी र एकल पुरुषलाई सम्मान

भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिकाले असल बुहारी र एकल पुरुषलाई सम्मान गरेको छ । गाउँपालिकाको १२औं गाउँसभाबाट पारित बजेट सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा असल बुहारी र एकल पुरुषलाई नगद सहित सम्मान गरेको हो ।

गाउँपालिकाका ८ वडाका प्रत्येक वडाबाट दुइ जनाका दरले १६ जना असल बुहारीलाई नगद चार हजार रुपैयाँ सहित सम्मान गरिएको प्रवक्ता विजय दरैले बताए ।

त्यस्तै ८ वडाका प्रत्येक वडाबाट चार जनाका दरले ३२ जना एकल पुरुषलाई नगद चार हजार रुपैयाँ सहित पुरस्कृत गरिएको प्रवक्ता दरैले बताए । ५० वर्षमाथिका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिने अघिल्लो वर्षको नीति तथा कार्यक्रम बमोजिम उनीहरुलाई नगद सहित सम्मान गरिएको बताइएको छ । त्यस्तै गाउँपालिकाले आठ वटै वडाका ६४ जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट सहित सम्मान गरेको छ ।

गाउँसभाले सेवाग्राहीका लागि फोटोकपीमा छुट, कृषि तथा पशु फार्म नवीकरणमा निःशुल्क, कृषि तथा पशुपालनजन्यमा वार्षिक व्यावसायिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४९ करोड ९९ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

 

त्यसमध्ये संघीय सरकार समानीकरण अनुदानतर्फ ११ करोड १३ लाख रुपैयाँ, संघीय सरकार शशर्त अनुदानबाट २३ करोड ५१ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट एक करोड २६ लाख ५६ हजार रुपैयाँ, संघीय सरकार राजश्व बाँडफाँटबाट १० करोड ३४ लाख ८८ हजार रुपैयाँ, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ७४ लाख ५ हजार रुपैयाँ, आन्तरिक आय १ करोड १० लाख रुपैयाँ, प्रदेश सरकार विशेष अनुदानबाट ५० लाख रुपैयाँ, समपुरक अनुदानबाट ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

गाउँपालिकाले आर्थिक, पूर्वाधार, शिक्षा, सामाजिक चेतना विकास तथा संस्कृतिलाई विशेष प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker