शुभाराम्भ भादगाउँ बालक्लवद्वारा सचेतना कार्यक्रम

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयमा शुभाराम्भ भादगाउँ बालक्लवले जनचेतना कार्यक्रम गरेको छ ।
विद्यालयको कक्षा ८ र ९ मा अध्यनरत विद्यार्थीहरुलाई आइतबार लागुऔषध र साइबर अपराध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको हो ।
क्लवले सामुदायिक सेवा केन्द्र तनहुँको सहकार्यमा सञ्चालित कार्यक्रममा लागुऔषध र साइबर अपराधका विषयमा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक राजु अधिकारीले सहजिकरण गरेका थिए ।
शुभाराम्भ भादगाउँ बाल क्लबका अध्यक्ष सुशील बि.क.को अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास–१ का वडा अध्यक्ष रमेश चन्द्र हड्खले लगायतले पछिल्लो समय बालबालिका तथा युवापुस्ता लागुऔषधको कुलत तथा साइबर अपराधमा फस्ने क्रम बढ्दै गएकाले यस्ता सचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker