स्थानीय सरकार गठन र जिम्मेवारीका विद्यार्थीलाई प्रशिक्षण

दुलेगौंडा : लियो डिष्ट्रिक काउन्सील ३२५ एम नेपालको आयोजना र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई स्थानीय सरकार गठन र सञ्चालनको प्रक्रियाबारे प्रशिक्षण दिइएको छ ।
दुलेगौंडामामा दुई दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा संविधानले परिकल्पना गरेको तीन तहको सरकार अन्तर्गतको तल्लो सरकारको गठन प्रक्रिया र दायित्वबारे विद्यार्थी सहभागी भएर प्रशिक्षण लिएका हुन् ।
दुई दिने प्रशिक्षणमा शुक्लागण्डकी–६ का तीन विद्यालयका ३५ विद्यार्थीको सहभागिता रहेको थियो । शुक्रवार निर्वाचनकै माध्यमबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य चयन गरेको जिल्ला अध्यक्ष प्रेमराज तिवारीले बताए ।
निर्वाचनमा खैरेनी माविका शिवकुमार श्रेष्ठले २० मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका थिए । सुर्योदय इङ्लीस बोर्डिङ स्कुलकी अनाशिन राना सर्वसम्मत नगर उपप्रमुख भइन। प्रमुख प्रशाकीय अधिकृतको भूमिका क्रिस्टिना रानाले निर्वाह गरेकी थिइन् ।
यस्तै, उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष बुद्धिबहादुर थापाले अहिलेदेखि विद्यार्थीलाई स्थानीय सरकार गठनबारे जानकारी दिनुपर्ने बताए ।
शुक्लागण्डकी–६ का सदस्यहरु कुलकुमार कुमाल, भक्तबहादुर राना, लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष विवेक वाग्ले, कार्यक्रम संयोजक प्रविण श्रेष्ठ लगायतले बोलेका थिए ।
तालिममा राष्ट्रिय युवा परिषदका प्रशिक्षक अविनाश कार्कीले सहजिकरण गरेका हुन् । लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले स्थानीय रुपमा कार्यक्रमको संयोजन गरेको हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker