म्याग्दे गाउँपालिका-४, छाङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. ४ को कोलडाँडामा छाङ्ग सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ गरिएको छ । इकाईको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्वास्थ्य इकाईको स्थापनाले यस भेगका वासिन्दालाई ठुलो राहत पुग्ने बताए ।

‘डडुवा, कोलडाँडा, पाण्डेथोक, पीपलथोक घना वस्ती भएको हुँदा यस स्वास्थ्य चौकीले आम जनताको स्वास्थ्यमा धेरै राहत पुग्ने छ’, अध्यक्ष श्रेष्ठले भने, ‘पालिकाले ३७ प्रकारको औषधी निःशुल्क दिन्छ, तर हामी सरकारी अस्पतालको विश्वास नगरि निजी मेडिकलमा गएर उपचार गर्दछौ, जसले गर्दा ठुलो आर्थिक भार परेको छ । पालिका जनताको स्वास्थ्यमा संवेदनशी हुने तर जनताले विश्वास नगर्दा दुःख लागेको छ ।’

उनले भने, ‘स्वास्थ्य जस्तो विषयमा हामी सबै सचेत हुनुपर्ने हुँदा त्यसका लागि स्थानीय उत्पादित वस्तुको प्रयोग र उत्पादनमा जोड दिनुपर्दछ ।’ कार्यक्रममा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरेले सरकारले जनताको स्वास्थ्यमा धेरै लगानी गरेको तर जनताले त्यसलाई वेवास्ता गरेको वताए ।

उनले पहिलो वर्ष पालिका भर जम्मा १५ जना स्वास्थ्कर्मी थिए, हामी पालिकाले जनताको आवश्यकतालाई मध्यनजर गरेर हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर ३३ जना स्वास्थ्कर्मी राखेका छौ, त्यो जनताप्रतिको पालिकाको उत्तरदायित्व भएको उनले बताए ।

वडाध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य वद्रिका घिमिरे, जिल्ला समन्वय समितिका सदस्य डोल वहादुर सुनार लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

यस्तै, म्याग्दे-४ मा रहेको जन्मभूमि र चण्डीदेवी आमा समुहद्वारा निर्मित भवन छाङ्ग सामुदायिक स्वास्थ्य इकाईलाई हस्तान्तरण गरिएको छ । चण्डीदेवी आमा समुहको अध्यक्ष शान्तिमाया थापाले यस भेगमा स्वास्थ्य सेवाका लागि आम जनतालाई सहज होस भनि भवननै स्वास्थ्य इ्काइलाई दिइएको बताइन । स्वास्थ्य इकाईबाट ओपीडी सेवा, गर्भवती जाँच, प्रसुती जाँच, औषधी वितरण, सामान्य घाउ चिरफार लगायतका सेवा उपलब्ध हुने आधारभुत अस्पताल थर्पुका प्रमुख सुर्य कुमार श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker