बन्दीपुरको सार्वजनिक सुनुवाइमा विकास निर्माणदेखि सुशासनसम्मका प्रश्न

बन्दीपुर : बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न गतिविधिको प्रगति समीक्षा गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । गाउँपालिकाको आयोजना तथा मध्य नेपाल ब्रोडकास्टिङ प्रा.लि.को सहजीकरणमा बिहीबार बन्दीपुरमा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक तथा सरोकारवालाले पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनसँग सम्बन्धित प्रश्न तथा गुनासा राखेका थिए।
सहभागीहरूले विशेषगरी बन्दीपुर–सिलथोक क्षेत्रको सडक तथा नाला व्यवस्था पन, ठेक्का लागिसकेका मोटरबाटोको निर्माणले गति लिन नसकेको, अपाङ्गमैत्री पर्यटन पूर्वाधारको अभाव र दृश्यावलोकन स्थलसम्म पुग्ने सडक स्तरोन्नतिमा ध्यानाकर्षण गराएका थिए । त्यस्तै, बजार क्षेत्रमा परम्परागत पोशाक लगाएर फोटो खिच्ने कार्यको व्यवस्थापन, अव्यवस्थित इन्टरनेटका तारको व्यवस्थापन, लालपुर्जा वितरणको पछिल्लो प्रगति तथा घरनक्सा पासको प्रक्रियाबारे पनि जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाइमा कर निर्धारणको आधार, बजेट निर्माणअघि गरिने छलफल, बजेट कार्यान्वयनको अवस्था र गाउँपालिकामा बेरुजु रकम बढ्नुका कारणबारे समेत प्रश्न उठाइएको थियो । सार्वजनिक सुनुवाइमा सर्वसाधारणको उपस्थिति न्यून हुनुको कारणबारे पनि सहभागीले चासो व्यक्त गरेका थिए । यद्यपि, गाउँपालिकाको स्वास्थ्य सेवामा पछिल्लो समय भएको सुधारको भने सहभागीहरूले प्रशंसा गरेका थिए ।
कार्यक्रमको सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर खवासले प्रथम चौमासिक अवधिमा गाउँपालिकाबाट सम्पादन भएका काम तथा योजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाइअघि गाउँपालिकाका सबै वडामा पुगेर सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गरी सेवा प्रवाहप्रतिको सन्तुष्टिलगायत विषयमा नागरिक सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणको प्रतिवेदनसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको सम्बन्धित शाखा र निकायका प्रमुखले जवाफ दिएका थिए । लेखा अधिकृत निरमाया पुरी गिरीले लेखा प्रणाली तथा बेरुजुको अवस्थाबारे जानकारी गराएकी थिइन् भने किट विकास कार्यक्रमकी कार्यालय प्रमुख मिरा चौधरीले आफ्नो कार्यालयका गतिविधिबारे धारणा राखेकी थिइन् ।
त्यसैगरी, बन्दीपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनिल गिरीले अस्पतालको सेवा प्रवाह र सुधारका प्रयासबारे जानकारी गराएका थिए । प्रमुख प्रशासकीय अधिकृत खवासले प्रशासनिक कामकारबाही, योजना कार्यान्वयन तथा ठेक्का प्रक्रियामा देखिएका समस्याबारे स्पष्ट पारेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा नं. १ देखि ६ सम्मका वडाध्यक्ष, कार्यपालिका तथा गाउँसभा सदस्य, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र स्थानीय नागरिकको सहभागिता थियो । कार्यक्रममा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक डा. राजु कँडेल र इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक आशिष पोख्रेल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष थापाले सहभागीले उठाएका प्रश्न तथा गुनासाको जवाफ दिँदै नागरिकका रचनात्मक सुझावलाई आगामी दिनको कार्ययोजनामा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker