सीपलाई रोजगारीसंग जोड्न ग्रामीण क्षेत्रसम्म पुग्दै सिटिइभिटी

डिपि अधिकारी/डुम्रे

सीपसलाई रोजगारीसंग जोड्न प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी) गण्डकी प्रदेश ग्रमीण क्षेत्रसम्म पुग्न थालेको छ । स्थानीय तहसँगको समन्वय र सहकार्य तथा गैरसरकारी संघसंस्थासँग हातेमालो गर्दै ग्रामीण क्षेत्रमा सीपलाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्रभावकारी बनाउने अभियान चलाइएको छ । ग्रामीण क्षेत्रको सीप प्रदान गरी ब्यवसायिक बनाउने योजनाका साथ सिटिइभिटीले गोरखाको बिकट ग्रामीण क्षेत्र अजिरकोट-२ ओलाङ, खिम्पु र अपनका स्थानीयलाई लक्षित गरी मौरी पालन तालिम सञ्चालन गरेको छ ।

गाउँ नजिकै भिर मौरी प्रशस्तै रहेको र गाउँका २/४ घरमा समेत मौरीको मह उत्पादन राम्रो हुने भएकाले ब्यावसायिक मौरी पालन तर्फआकर्षित गर्न स्थानीय ८० घरपरिवारलाई प्रति परिवार मौरी सहितको २/२ वटा का दरले घार वितरण गरिएको छ । अविरल फाउन्डेशनले यी गाउँमा मौरीपालन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको र स्थानीयलाई व्यवसायिक रुपमा अगाडि बढ्न सहयोग पुर्‍याउने उद्देश्यले मौरी सहितको घार वितरण गरिएको अध्यक्ष निशा घिमिरेले बताइन् ।

विगतमा सडक निर्माण र विद्यालयमा बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गर्दै आईरहेको फाउन्डेशनले अब स्थानीयको आय आर्जनमा जोड दिन लागेको उनले बताइन् ।

परम्परागत रुपमा १/२ घार मौरी पाल्दै आएका स्थानीय किसानलाई मौरीको हेरचाह गरी मह उत्पादनमा जोड दिने उद्देश्यले गैरसरकारी संस्थासँग सहकार्य गरी कार्यक्रम अगाडि बढाइएको प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले बताए । उनले भने, ‘सिकेको सीपलाई रोजगारीसंग जोड्ने र सीप सिकेपछि ब्यवहारमा उतार्न प्रेरित गर्न सहजिकरणको आवश्यक छ । त्यसका लागि स्थानीय स्तरमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाको भूमिका महत्वपूर्ण हुने हुँदा हामीले संयुक्त रुपमा कार्यक्रम अगाडि बढाएका हौं।’

यस्तै, गोरखाको अजिरकोट-२ ओलाङमा एक कार्यक्रमका बीच मौरी पालन तालिम शनिबारबाट शुभारम्भ गरिएको छ । सिटिइभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरका निर्देशक दिवेशचन्द्र देवकोटाले तालिमको शुभारम्भ गर्दै तालिमको महत्व बुझ्न जरुरी रहेको भन्दै हातमा सीप भएकालाई कुनैकुराको दुःख नहुने बताए ।

उनले सीप सिकेका ब्यक्तिका लागि स्थानीय तह र अन्य संघ संस्थाले पनि सक्दो लगानी गरिदिनु पर्ने बताउँदै सिलाई कर्टाई सिकिसकेका र ब्यवसायिक बन्छु भन्नेलाई सिलाई मेसिन खरिद गरिदिनु पर्ने र एक छाक माछा दिनु भन्दा माछा पालन गर्न सिकाउनु पर्नेमा जोड दिए ।

यस्तै, अजिरकोट-३ भच्चेकमा रहेको नमुना प्राविधिक शिक्षा प्रतिष्ठानले सिटिइभिटी गण्डकी प्रदेशसँग सहकार्य गरी तालिमको आयोजना गरेको छ । प्रतिष्ठानका प्राचार्य एवं वरिष्ठ कृषि विज्ञ चेतनाथ अधिकारीले ग्रामीण क्षेत्रका किसानका लागि भौगोलिक अवस्था र जनचाहना अनुसार तालिम प्रदान गरी सीपलाई ब्यवहारमा उतारी आयआर्जन बढाउन प्रतिष्ठान सदैव गागि पर्ने बताए ।

अविरल फाउन्डेशनका प्रतिनिधि कृष्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राइनास बहुप्राविधिक शिक्षालयका प्रमुख इश्वरी देवकोटा, माओवादी केन्द्रका युवा नेता दिपक देवकोटा, अनिता भुजेल लगायतकाले हातमा तालिम लिएपछि ब्यवहारमा उतार्न जोड दिंदै सीप भए विदेशमा समेत राम्रो कमाई गर्न सकिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker