तनहुँसुरको जीर्ण दरबार पुनःनिर्माण गरिंदै

सानेबहादुर नेपाली (तनहुँ)

सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका-११ तनहुँसुर स्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो । राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । रु ७० लाख लागतमा दरबार पुनःनिर्माण भइरहेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दरबार जीर्ण अवस्थामा पुगेकाले पुनःनिर्माण गरेर संरक्षण गर्न लागिएको हो ।

तनहुँसुरबाट अपभ्रंश भएर दरबारको नामाकरण भएको भन्ने किंवदन्ती रहिआएको पाइन्छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको किंवदन्ती छ ।

तनहुँसुरको सेनवंशी राजाको दरबार खड्कमाई मन्दिर, सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारा लगायतको संरक्षण गरिने नगरपालिकाले जनाएको छ । खड्कमाई मन्दिर संरक्षण समितिका अध्यक्ष वीरबहादुर थापा दरबार तथा खड्कमाई मन्दिरको पुनःनिर्माणका लागि पुरात्ात्व विभागले चासो दिई उत्खनन गरी पुनःनिर्माण अघि बढाएपछि स्थानीय बासिन्दा खुशी भएको बताउनुभयो ।

दरबारले थप आकर्षण गर्ने र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको छ । विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका छन् ।

तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा पर्यटकीय शहर पोखराको समेत अवलोकन गर्न सकिन्छ । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका छ जनाले सहादत प्राप्त गरेका थिए । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker