छिम्केश्वरीमा पत्रकार महासंघ तनहुँको बैठक

आँवुखैरेनी : तनहुँको सबैभन्दो अग्लो स्थान छिम्केश्वरीमा नेपाल पत्रकार महासंघ तनहुँको बैठक बसेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा विहीबार शाखाको बैठक बसेको हो ।
जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्य सहित महासंघले घुम्ती बैठक आयोजना गर्ने निर्णय बमोजिम फागुपूर्णिमाको अवसर पारी छिम्केश्वरीमा शाखाको बैठक सम्पन्न भएको छ ।
बैठकले छिम्केश्वरी र बुढीमाइको सञ्चारमाध्यमबाट प्रचारप्रसार र प्रबर्द्धन गर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ । छिम्केश्वरीको पछिल्लो समयमा प्रचारप्रसार भएपनि मनकामनाको जेठी दिदीको रुपमा मानिने बुढीमाई ओझेलमा रहेकाले यसको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सहयोग गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लास्थित सबै सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी बैठक भानुको पर्यटकीय गाउँमा बस्ने निर्णय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker