गोरु काटेको अभियोगमा चार जना पक्राउ

मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टाउको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ । यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको उहाँको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker