तनहुँमा कोरोना संक्रमितिको संख्या ६०६ पुग्यो, ४११ निको भए, ८ जनाको मृत्यु

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले बुधबार साँझ ६ बजेसम्म गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमतिको जिल्ला स्तरीय विवरण । सार्वजनिक विवरणमा तनहुँमा हालसम्म ६०६ जनामो कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४११ जना निको भएर घर फर्किएका छन भने जिल्लामा १८७ जना सक्रिय संक्रमित रहेका छन् । तनहुँमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ५ हजार १८७ जना संक्रमित भएकोमा ३ हजार ४७० जना निको भएर घर फर्किएका छन् भने १ हजार ६७१ जना सक्रिय संक्रमित रहेको र ४६ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय जनाएको छ । स्रोत : स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश