माओवादी केन्द्रद्वारा बन्दीपुर गाउँपालिकाका सहिद तथा बेपत्ताका परिवार सम्मानित

दमौली : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बन्दीपुर गाउँपालिकाका सहिद, बेपत्ताका परिवार, पूर्वजनमुक्ति सेना, कम्युनिष्ट आन्दोलनमा सहयोग पु-याउनेलाई सम्मान गरेको छ ।
बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका दुई सय जनालाई सम्मान गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आबद्ध भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको महाअभियानमा सहादत प्राप्त गरेका, बेपत्ता भएकाका परिवारलाई अभिनन्दन पत्रले सम्मान गरिएको केन्द्रका बन्दीपुर गाउँ कमिटी अध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभामा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज आशा कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
त्यसक्रममा पार्टीका केन्द्रीय सदस्य चुमानले माओवादी आन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यसलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै भएको बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य कोइरालाले पार्टीले सहिद तथा बेपत्ता भएकाका परिवारलाई पार्टीले सधैँ सम्मान गर्ने बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker