जाम्दी खोलाको बेसीमा कल्भर्ट

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ तीनखोले मोटर मार्ग अन्तर्गत जाम्दी बेसीदेखि म्याग्दे गाउँपालिका तर्फ जाने खोलामा निर्माणको अन्तिमचरणमा पु¥याइएको कल्भर्ट । नगरपालिकाले तीनखोले देवीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि वडाको सक्रियतामा सडकको स्तरोन्नतिलाई तीब्रता दिएको छ । यस मार्गको कुम्ले खोला पुलको काम करिब ९० प्रतिशत सम्पन्न भएको छ भने ग्यार्सिङ खण्ड कालोपत्र गरिएको वडा अध्यक्ष बुद्धि थापाले जानकारी गराए । तस्विर : भञ्ज्याङ










