प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना पक्राउ

दमौली : तनहुँको व्यास नगरपालिका–१ तालघरेमा मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना विहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा असिग्राम गाउँपालिका–२ बस्ने ४० वर्षीय रतनबहादुर महत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तालघरेस्थित पृथ्वीराजमार्गमा आज सवारी चालकलाई नियमित सम्झाईबुझाइँ तथा जाँच गर्ने क्रममा लु प्र ०१००१ख०५१९ नम्बरको यात्रुवाहक माइक्रो बसका चालक महतले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको र खटिएका प्रहरी कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।
उनले भने, “अभद्र व्यवहार गर्ने निजलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker