लागुऔषध र गाजा सहित चार जना पक्राउ

लागुऔषध र गाजा सहित तनहुँ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले आँबुखैरेनी र शुक्लागण्डकीबाट अवैध लागुऔषध र गाजा सहित चार जनालाई शुक्रबार पक्राउ गरेको हो ।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा स्थित चुइकुना होटल एण्ड रेष्टुरेण्टबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले बताए । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३० बस्ने ४४ वर्षीय चन्द्रबहादुर गुरुङ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रे बस्ने ३५ वर्षीय सुरज गुरुङ र दुलेगौडा बस्ने ३४ वर्षीय खिमनारायण श्रेष्ठ रहेका छन् ।

उक्त रेष्टुरेण्टमा लागुऔषध कारोवार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ४३ थान डाइजेपाम, ४३ थान फेनरागन र र ४३ थान नुर्फिन बरामद गरेको छ । साथै नगद रु ११ हजार नौ बरामद गरिएको प्रनाउ खाँणले जानकारी गराए ।

यस्तै, आँबुखैरेनी गाउँपालिका-४ स्थित बेनीटारबाट दश किलो ८७५ ग्राम गाजा सहित लमजुङको राइनास नगरपालिका-८ का २५ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरिएको प्रनाउ खाँणले बताए ।

मुग्लिनबाट आँबुखैरेनीतर्फआउँदै गरेको ग२ख ६१२ नम्बरको बस जाँच गर्ने क्रममा श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए । श्रेष्ठले झोलामा लुकाएर राखेको अवस्थामा गाजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker