तनहुँको भानु-२ का अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-२ फुस्रेटारका अपाङता भएका ५२ बर्षीय सुर्य नेपालीको परिवारलाई इन्सेकले खाद्यान्न उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइ तथा मानवअधिकार समुहका सदस्य सीता अधिकारी र खिमकुमारी गुरुङले बुधबार नेपालीको घरमै पुगेर एक बोरा चामल र एक महिनाको लागि पुग्ने दाल, नुन र तेल उपलब्ध गराएका थिए ।

दृष्टि विहिन र सुस्त श्रवण समेत भएका नेपाली मागेर जिविको पार्जन गर्ने गर्दछन् । उनकी पत्नी ४८ बर्षीया कालीमाया नेपाली पनि शारीरिक रुपमा कमजोर अस्वस्थमा छिन् । कोभिडको दोश्रो लहर सुरु भएपछि जारी गरिउको निषेधाज्ञाका कारण उनिहरुको परिवारमा समस्या पर्दै आएको थियो ।

मानवअधिकार समुह भानु नगरपालिकाको बुधबार भएको भर्चुअल बैठकमा सदस्यहरुले जानकारी गराएपछि सोही दिन नेपालीको परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको बताइएको छ । आर्थिक अवस्था निकै कमजोर भएका नेपाली यस अघि सँधै नगरपालिका कार्यालय नजिकै माग्न जाने र त्यसैबाट संकलित पैसाले जिविकोपाजर्न गर्दै आएको उनका भाई प्रेमबहादुर नेपालीले बताए । निषेधाज्ञापछि माग्न जाने बाटो पनि बन्द भएको कारण विहान बेलुकीको छाक र्टार्न समस्या भएपछि छिमेकीहरुले कहिलेकाँही सहयोग गरेको बताए ।

यस्तै, मानवअधिकार समुह भानु नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को दोश्रो लहरको सामना गर्न सबै सरोकारवालासँग सहकार्य र हातेमालो गर्न भानु नगरपालिकाको ध्यानाकर्षण गराएको छ । मानवअधिकार समुहले बुधबार भानु नगरपालिकामा ध्यानकर्षापत्र बुझाउँदै कोभिडलाई परास्त गर्न सबै सरोकारवालाहरुसँग सहकार्य गर्नु पर्ने र नागरिकको स्वास्थ्यको अधिकार प्रति विशेष ख्याल गर्नु पर्ने माग गरेको हो । समुहका संयोजक कृष्णराज धमनीयाले कोभिडबाट भानु नगरपालिका पनि प्रभावित बनेको र कोभिडको दोश्रो लहर सुरु भएपछि भानु नगरपालिकामा मात्रै १६९ जना संक्रमित भएकोमा हाल १०६ जना सक्रिय संक्रमित रहेको र ५ जनाको मृत्यु भएको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले ध्यानाकर्षण पत्र बुझ्दै कोभिडको व्यवस्थापनमा नगरपालिका सबै सरोकारवालाहरुसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । साथै आगामी वर्षो योजनामा शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखेर योजना बनाउने उनले प्रतिबद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker