मर्स्याङ्दी जलाशयमा मोटरबोटको आकर्षण बढ्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट चढ्न सर्वसाधारणको आकर्षण बढेको छ। जिल्लामै पहिलो पटक सञ्चालन भएको मोटरबोटले र्सवसाधारणको ध्यान खिचेको हो । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने सवारीसाधन रोकेरै मोटरबोटमा शयर गरी गन्तव्यतर्फ जाने गरेका छन् । यसका अतिरिक्त आँबुखैरेनी आसपासबाट पनि सर्वसाधारण यहाँ आउने गरेका छन्। परिवारसहित मोटरबोट शयर गर्न पुग्नुभएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गर्मी मौसममा निकै आनन्दित महसुस भएको बताए। उनले भने, “सञ्चालनको छोटो अवधिमै यसले सर्वसाधारणको ध्यान खिचेको छ। पर्यटन प्रवर्द्धनका लागि यो कोसेढुङ्गा सावित त हुने नै छ । साथै आँबुखैरेनी गाउँपालिकालाई आम्दानीका हिसाबले टेवा मिल्नेछ।”

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु निवासी भीमलाल श्रेष्ठले गर्मी मौसममा मोटरबोट शयर गर्दा शीतलताको अनुभव गर्न सकिने बताए। उनले भने, “कामका सिलसिलामा राजमार्गमा यात्रा गर्दा मोटरबोट शयर गरेर आयौँ, नदीमा मोटरबोट चढेर दौडिँदा आनन्द आयो।” आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आहृवान गरेको थियो।

मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी गाउँपालिकाले उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकषिर्त गर्न सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले बताए ।

जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुइ मोटरबोट सञ्चालन गरिएको छ ।

कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट र्सर्भिस सेन्टर सहितको संरचना बनाउने योजना बनाएको छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक-फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा शयर गर्न रु २५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म शयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker