तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातीसम्म बाटो खुलाउने तयारी

मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा झरेको पहिरो अहिलेसम्म ६० प्रतिशत हटाइसकिएको सडक विभागले जनाएको छ।

पहिरो पन्छाउन नारायणगढ तर्फबाट एक्साभेटर र लोडर एक–एक वटा परिचालन गरिएको छ। मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटरले निरन्तर पहिरो पन्छाइरहेको छ। यसको अलावा दुवैतर्फ १/१ वटा ब्याकहो लोडर तैनाथ गरिएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।

काम गर्ने क्षेत्र साँघुरो भएकोले एकैपटक दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको विभागले जनाएको छ। पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूला–ठूला ढुंगाका कारण केही कठिनाइ भए तापनि उपकरणहरूले पूर्ण क्षमतासाथ काम गरिरहेको जनाइएको छ।

पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएको र स–साना तिखा ढुंगाका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याका कारण सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभी इक्विपमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुई जना अपरेटर थप गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker