युनियन लाइफ इन्स्योरेन्सले पन्थको परिवारलाई बीमादाबी भुक्तानी गर्यो

- भञ्ज्याङ समाचारदाता (दमौली)
व्यास नगरपालिका-१ का पन्थको परिवारलाई बीमादाबी भुक्तानी गरिएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको तनहुँ शाखाले विमित स्व. कृष्ण पन्तका बुबा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थलाई उक्त चेक रकम हस्तान्तरण गरिएको हो ।
वैदेशीक रोजगार (म्यादी) विमा अर्न्तगत १४ लाख वरावरको रकम राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य, ब्यास-१ का वडा अध्यक्ष खरसिङ्ग दरैले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
गत वैशाखमा वैदेशीक रोजगारका क्रममा विमित कृष्णको कतारमा निधन भएको थियो । चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सभासद पन्थले विमा गर्दा जस्तो सजिलो हुन्छ दाविभुक्तानीमा पनि सोही अनरुप बिना झन्झट रकम विमितलाई उपलब्ध गराउन आग्रह गरे ।
विमित पन्थको मृत्यु दावि भुक्तानी अर्न्तगत शव ल्याउदा १ लाख, क्रिया खर्च वापत १ लाख, आयनोक्सानी वापत २ लाख र विमाङ्क १० लाख गरी कुल १४ लाख रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले बताए ।










