बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता हुने

भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ । चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्नेगरी सेवा दिएको हो ।
गाउँपालिकाले १० लाख रुपैयाँसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको छ । करिब दुइ सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए । योजनाको अनुमानित लागत गरी सम्झौताको प्रक्रिया कार्यान्वयनमा लगिएको छ ।
उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयसम्म आउन नपर्ने गरी काम गर्ने वातावरण मिलाइएको उनले बताए । स-साना योजना सम्झौताका लागि पनि उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका कार्यालयसम्म धाउनुपर्दा कठिनाइ भोग्नुपरेको थियो ।
गाउँपालिका आउँदा खर्च, झन्झट र सास्ती खेप्नुपरेकाले त्यसलाई मध्यनजर गर्दै यस प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए । वडा कार्यालयलाई थप जिम्मेवार र उपभोक्ता समितिलाई चलायमान बनाउने उद्देश्यअनुरुप यस किसिमको अभियानको सुरुआत गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
तीन लाख रुपैयाँसम्मको योजनाको वडा कार्यालयका वडाध्यक्ष अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । अध्यक्ष थापाले भने, ‘प्रत्येक वडामा एक जनाका दरले प्राविधिक कर्मचारीसमेत खटाइएको छ ।’
तीन लाखभन्दा बढीको योजनाको गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बनेको गाउँपालिकास्तरीय अनुगमन समितिले अनुगमन गर्न अधिकार प्रदान गरिएको छ । गाउँपालिकाले १० लाख रुपैयाँसम्मको योजना वडामै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker