शिद्ध गुफा भित्र बन्दिपुरको कार्यपालिका बैठक

भञ्ज्याङन्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले वडा नं. ४ मा रहेको शिद्ध गुफामा कार्यपालिका बैठक गरेको छ। दक्षिण एसीयाकै दोस्रो ठूलो दाबी गरिएको बिमलनगर स्थित शिद्धगुफाको प्रचार-प्रसारका लागि गाउँपालिकाले कार्यपालिका बैठक गरेको हो ।

बैठकले माघ ११ गते श्री स्वास्थानी व्रत आरम्भका दिन एक दिने शिद्धगुफा महोत्सव गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।

बन्दिपुर गाउँपालिकाको आयोजनामा सिद्धगुफा बिकास समिति, स्थानीय संघसंस्था लगायतको संयोजनमा उक्त दिन एक दिने महोत्सव गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

महोत्सवले गुफाको प्रचार-प्रशार भई आन्तरिक तथा बाहृय पर्यटकको चहल पहल बढ्ने र स्थानीयले रोजगारी पाउनुका साथै आर्थिक उपार्जनमा टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विश्वास व्यक्त गरे । उनले भने, ‘पहाडकी रानी उपनामले परिचित बन्दिपुर र आसपासका क्षेत्रमा पर्यटक भित्र्याउनु मोहत्सवको मुख्य लक्ष हो ।’

बैठकले विश्व पर्यटन दिवस सेप्टेम्बर २७ का दिन बुधबार बन्दिपुरमा पर्यटन सम्बन्धी कार्यक्रम भब्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसैगरी जिल्लामा डेंगुको संक्रमण बढी रहेकाले जनचेतना कार्यक्रम अन्तर्गत प्रत्येक वडामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र पार्ने निर्णय गरिएको छ ।

यस्तै, बन्दिपुर अस्पतालमा रोग परीक्षण किट तत्काल खरिद गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । चार्डपर्वलाई मध्यनजर गर्दै बजारमा कालो बजारी, अखाद्य बस्तुको बिक्री वितरण, लगायतको कैफियत रहन सक्ने हुँदा बजार अनुगमनलाई प्रभावकारी बनाउने पनि निर्णय बैठकले गरेको उनले बताए ।

विद्यालय नर्स कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका ९ वटै माध्यमिक विद्यालय र ३ वटा आधारभूत विद्यालयमा मासिक रुपमा एक-एक जना नर्सलाई खटाउने तथा हाललाई बन्दिपुर बजारमा कोशेली घरको स्थापनाका लागि प्रोत्साहन गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

उक्त गुफा भित्र अघिल्लो कार्यकालको पालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाको पालामा पनि गुफाको प्रचार-प्रशार गर्न भन्दै कार्यपालिकाको बैठक बसेको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker