बन्दीपुर–१ को महिला संघ सभापतिमा अञ्जु थापा चयन

डुम्रे : नेपाल महिला संघ बन्दीपुर–१ को सभापतिमा अञ्जु थापा क्षेत्री सर्वसम्मत निर्वाचित भएकी छन् । महिला संघको महाधिवेशनले उपसभापतिमा विजयदेवी खनाल, सचिवमा लक्षमी पोख्रेल र सदस्यहरुमा सविना मिया, शुसिला कुँवर थापा, कमला गुरुङ र सरिता कुँवर चयन भएको निर्वाचन समितिका संयोजक केशव अधिकारीले जानकारी दिए ।
नेपाल महिला संघ बन्दीपुरकी सभापति सरिता पियाको अध्यक्षतामा भएको अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा सरिता पिया, रोशनी पिया, ईन्कन खनाल, विष्णु डिसी र कोमा थापा चयन भएको नेपाली काँग्रेस बन्दीपुर–१ का सभापति देवेन्द्र खनालले बताए ।
अधिवेशनले सावित्री न्यौपाने, मुना श्रेष्ठ, शान्ता प्रधान र गई मियालाई सदस्यमा मनोनित गरेको सभापति सरिता पियाले जानकारी गराइन् ।










