स्व. भीमप्रसाद गौतमको १३औं दिनको पुण्यतिथि, राजनीतिक मूल्य, मान्यतमा आधरित हुनुपर्छ : जनता समाजवादी पार्टीका अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व भीमप्रसाद गौतमको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदैन, तबसम्म देश र जनताको हित हुन सक्दैन भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले भन्नुभयो, “राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन । त्यो राजनीति नभएर एक खालको पेशा हो ।” उहाँले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको औँल्याउनुभयो ।

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि रहेको चर्चा गर्दै यस उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । लोकतान्त्रिक मूल्य, मान्यता, विधि र प्रक्रियाबाट शासन प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउँदै उहाँले वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएकाले वैचारिक सिद्धान्त र आदर्शका कुरामा पनि ह्रास हँुदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहनुभएका स्व गौतमको निधनले देशलाई अपूरणीय क्षति पुगको बताउनुभयो । “शोषित पीडित जनताका पक्षमा स्व गौतमले गर्नुभएको राजनीति र सामाजिक आन्दोलन महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “स्व गौतमले गरेका कार्यलाई सम्झिने, कदर गर्ने गर्नुपर्छ ।”

गौतमले राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सङ्ग्रह गरेर उहाँका विषयमा पुस्तक प्रकाशित गर्न आवश्यक रहेको उहाँको भनाए थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker